Banner News

सर्वोच्चको फैसला आएपछि एमाले एकीकृत हुन्छ: नेता गौतम



काठमाडौँ, २७ असार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै नेता गौतमले भने, ‘आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुने छ ।’

पार्टी एकीकृत भएपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ छ ।