काठमाडौँ, २८ असार । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला हुन कार्यकर्तालाई आह्वान गरेका छन् ।
नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा स्टेटसमार्फत अदालतको फैसलाविरुद्ध माइतीघरमा भेला कार्यकर्तालाई आह्वान गरेका हुन् ।
उनले भनेका छन्, ‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको असंबैधानिक फैसलाक बिरुद्ध बिरोध जनाउ ।आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन । निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन । ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छ। यो परमादेश कार्वानयन गर्ने असंभब छ । युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदशन गर्दैछ। जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं ।’










प्रतिक्रिया दिनुहोस्