Banner News

संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघातः नेता पोखरेल



काठमाडौँ, २८ असर । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले सर्वोच्च अदालतको आजको फैसलाले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भिर आघात पुगेको बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘सुदूर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनताले अस्थिरताको दुश्चक्र व्यहोर्नु पर्ने भयो ।’ संसद पुनस्र्थापनाको फैसलापछि सामाजिक सञ्जालमा सुदुर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुष्चक्रमा फस्नु पर्ने उल्लेख गरेका छन ।