काठमाडौँ, २८ असार । थप २ हजार ३ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५७ हजार १ सय ३९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय १२ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २१ हजार २७ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्