काठमाडौँ, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।
यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए । उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए ।
शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।










प्रतिक्रिया दिनुहोस्