काठमाडौँ, २९ असार । थप २ हजार ३ सय ९८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५८ हजार ७ सय ७८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ६१ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार ७८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख २३ हजार १ सय ५ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्