काठमाडौँ, ६ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ ।
बैठक दिउँसो ३ बजे बस्ने भएको हो । यसअघि मंगलबार बसेको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलले गरेका कामबारे ब्रिफिङ भएको थियो ।
यस्तै बैठकमा प्रदेश कमिटीका अध्यक्षहरूले एमालेको संगठनात्मक अवस्था, केही नेताले पार्टी छाडे पर्नसक्ने प्रभाव, आसन्न निर्वाचन पार्टीको रणनीतिलगायत विषयमा ब्रिफिङ र सुझाव दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्