सम्पादकीय

किन ल्याइन्छ विदेशबाट अर्बौंको बोसो ?



काठमाडौं, १३ माघ । नोपालमा छ महिनायता मात्र करिब एक अर्ब रुपैयाँको बोसो आयात भएको छ । साबुन, कस्मेटिक, दानाउत्पादक, उद्योगले कच्चा पदार्थको रुपमा पशुको बोसो विदेशबाट ल्याउने गरेका छन् ।

यस तथ्यांकले हरेक बस्तुमा विदेशी उत्पादनको भर परिरहेको अवस्था झल्काउँछ ।  तथ्यांकअनुसार पछिल्ला तीन बर्षमा बोसोको आयात ४ गुणाभन्दा बढिले वृद्धि भएको छ भने ४ बर्षको तथ्यांक आँकलन गर्दा ३० गुणाभन्दा माथि आयात हुने देखिन्छ ।

२०१६ को जुनसम्म (छ महिनामा) ८१ करोड ८२ लाख रुपैयाँको बोसो आयात भएको व्यापार तथा निकासी प्रवद्धन केन्द्रले जनाएको हो ।
तीन बर्षको तथ्यांक हेर्दा बर्षैपिच्छे दोब्बरभन्दा बढी आयात भइरहेको देखिएको नागरिकमा समाचार छ ।
आयात        (तथ्यांक)
सन् २०१३  : ३ करोड ६८ लाख
सन् २०१४  : २४ करोड १६ लाख
सन् २०१५  : ६७ करोड ३५ लाख
सन् २०१६   : ८१ करोड ८२ लाख (जुनसम्म)