काठमाडौँ, ६ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले एमालेलाई फुटाउने अध्यादेश ल्याए त्यसको विरुद्ध मुलुकभर आगो बल्ने चेतावनी दिनुभएको छ ।
आज काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बतउनुभएको हो । एमालेलाई फुटाएर आफ्नो राजनीतिक भविष्य देख्ने प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायतका नेताहरुका कारण मुलुक गंभिर मोडमा जाने देखेको भन्दै आक्रोस जनाउनुभयो । जनताबाट अनुमोदिन पार्टी एमालेलाई फुटाई जनताबाट तिरस्कृत पार्टीले मुलुकको नेतृत्व गर्ने षड्यन्त्रपूर्वक कार्य भएको उल्लेख गर्दै उहाँले षड्यन्त्रका तानाबाना फालिएको अब कहिँ कतै रहेका भए पनि क्रमश फालिदै जाने दावी गर्नुभयो ।
विदेशी षड्यन्त्रकारी तत्वहरुको इसारामा नेपालको राजनीतिलाई ध्वस्त बनाई विदेशी रणभूमिको रुपमा अगाडी बठाउने गरी कांग्रेस, माओवादीलगायतका सरकारवादी दलहरु लागि परिरहेको उल्लेख गर्दै उहाँले सरकारवादी दलहरुले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको भन्दै आक्रोस जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारी गठबन्धनले राष्ट्रपतिलाई महाअभियोग लगाउने, सके एमाले कब्जा गरेर केपी ओली हटाउने, नसके अध्यादेश ल्याएर एमाले फुटाउने योजनाका तथा षड्यन्त्रका साथ अगाडी बढिरहेको जानकारी आएको छ । यदी त्यो सत्य हो भने सावधान, एमाले फुटाउने अध्यादेश ल्याए यो मुलुकमा आगो बल्नेछ । त्यसको जिम्मा स्वयम् सरकारवादी दलहरुले लिनुपर्नेछ ।’
न्यायलयले एमालेमा अपराध गरिरहेको उल्लेख गर्दै उहाँले सर्वोच्चको फैसला विरुद्ध राष्ट्रिय बहस गर्ने बताउनुभयो । कांग्रेस, माओवादीलगायतका सरकारवादी दलले एमालेलाई अदालतबाट बम पड्काएर त्यसको क्षतीमा लड्डु खाने दिन अब गए चेतावनी समेत दिनुभयो । माधव समूहलाई लक्षीत गर्दै उहाँले पार्टीभित्रका गद्धारलाई सच्चिएर आए अन्तिम पटक अवस दिएको अब पनि नसच्चिए एमालेबाट सदाको लागि विदा गर्ने समेत स्पष्ट पार्नुभयो । माधव समूहका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
माओवादीको क्रान्तिका नाममा हिंसा, अराजकतावादी, आतंकवादी भएको उल्लेख गर्दै प्रचण्डले विगतमा एमालेका नेता कार्यकर्तामाथि आक्रमण गर्न थालेसँगै युथफोर्सको उदय भएको दावी गर्नुभयो । युथफोर्सले नेपालको प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको जुन अहिले पनि उत्तीकै आवश्यकता खड्कीदै गयो उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्