Banner News

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण फेरि बढ्यो: स्वास्थ्य मन्त्रालय



काठमाडौँ, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण दर फेरि बढेको बताएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी अब चुनौतीपूर्ण तेस्रो लहर शुरु हुन सक्ने भन्दै स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन पनि भनेको छ ।