राजनीति

प्रधानमन्त्रीलाई जनादेश कहाँबाट आएछ मैले थाहा पाइन: नेता नेम्वाङ



काठमाडौँ, ८ साउन । एमाले नेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनादेश कहाँबाट आएको र आफुले थाहनै नपाएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई बधाई दिने क्रममा उनले जनादेश निर्वाचनबाट प्राप्त हुने तर्क गरेका हुन । उनले भने, “प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन, “उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।”

नेता नेम्वाङले आफ्नो पार्टी जिम्मेवार प्रतिपक्षको भूमिकामा बस्ने बताए । उनले जनादेशबाट नभइ अदालतको आदेशबाट सरकार प्राप्त भएको जिकिर गरे ।