Banner News

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौँ, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्नका लागि प्रधानमन्त्री देउवा सवा ६ बजे शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री र राष्ट्रपतिबीच झण्डै एकघण्टा छलफल भएको छ ।

नियमित भेटभाटका लागि प्रधानमन्त्री देउवा राष्ट्रपति निवास पुगेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।