काठमाडौँ, ९ साउन । थप ३ हजार १ सय १४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ७९ हजार १७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय ५७ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज २ हजार १ सय ९७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ४१ हजार ५ सय ६५ जना रहेको छ । आज १६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ९ हजार ६ सय ९५ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्