Banner News

काठमाडौँ उपत्यकामा १० दिन निषेधाज्ञा थपियो



काठमाडौँ, १० साउन । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।