काठमाडौँ, १२ साउन । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले ४ महत्वपूर्ण निर्णय गरेको छ ।
१. गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ ।
२. राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त गरेको छ ।
३. बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
४. बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।










प्रतिक्रिया दिनुहोस्