सम्पादकीय

संविधानको दोस्रो संशोधन प्रस्ताव संसदमा पेश



काठमाडौं, १२ वैशाख । सरकारले संविधानको दोस्रो संशोधन प्रस्ताव संसदमा पेश गरेको छ । सोमबार बसेको संसद बैठकमा सरकारका तर्फबाट कानून मन्त्री अजय शंकर नायकले संविधानको दोस्रो संशोधन प्रस्ताव संसदमा पेश गर्नु भएको हो। संशोधन प्रस्ताव पेश गर्दै कानुनमन्त्री अजय शंकर नायकले स्थानीय तहको निर्वाचनको वातारण बनाउन र मधेसवादी दलहरुलाई चुनावमा सहभागी गराउन प्रस्ताव पेश गरिएको बताए ।

कानून मन्त्री नायकले संविधानको दोस्रो संशोधन विधेयक पेश गर्दा प्रमुख प्रतिपक्षी दल एमाले मौन बस्यो भने नेपाल मजदुर किसान पार्टीका सांसदहरुले भने विरोध गर्दै संसदमा नारा लगाएका थिए । सरकारले पेश गरेको संशोधन विधेयकमाथि संशोधन दर्ता गराउन सांसदहरुलाई ७२ घण्टाको समय दिइएको छ । मधेसवादी दलहरुसँग भएको सहमतिका आधारमा सरकारले परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय गरेको थियो । अन्नपुर्णमा समाचार छ ।