अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १५ साउन । आज सुनचाँदीको बढेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले  बढेर प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।