Banner News

पहिलेको भन्दा संम्शोधन प्रस्ताव खतरनाक भन्दै एमालेको अवरोध पछि संसद बैठक स्थगित



काठमाडौं, १२ वैशाख । आजवाट शूरु भएकोसंसद वैठक एमालेले अवरुद्ध गरेपछि स्थगित गरिएको छ । व्यवस्थापिका संसदमा सरकारले पछिल्लो पटक दर्ता गरेको संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्न वैठक बोलाएको थियो ।

नयाँ विधेयकमार्फत सरकारले सीमांकनसम्बन्धी विवाद समाधान गर्न संघीय आयोग गठन गर्नेदेखि प्रदेशको सीमांकन हेरफेर अहिलेकै संसदले गर्न सक्ने गरी संविधान संशोधन गर्ने खालको संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेको थियो । एमालेले दुई तहमा निर्वाचन गर्ने विषयलाई भन्दा दास्रो स्थानिय निकायको निर्वाचको अगाडी बजेट भाषण गर्न खोज्नु लोकतन्त्रको नै खिलाफ भएको भन्दै संशोधनमा चर्को विरोध गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार नै संसदमा अतिरिक्त समयको माग गर्दै पहिलेको भन्दा यसपटकको संशोधन प्रस्ताव खतरनाक भएको बताउनुभएको थियो ।
चैत २९ गते सरकारले पुरानो विधेयक फिर्ता लिएर दर्ता गराएको नयाँ विधेयकमा मोर्चा र संघीय गठबन्धनले असहमति जनाएपछि थप संशोधन गर्ने गरी संसदमा छलफल प्रक्रिया अघि बढाउन लागेको हो ।