समाचार

३९ जना एसएसपीको सरुवा, सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा



काठमाडौं, १३ माघ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३९ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ ।

लामो समयदेखी एसएसपी सरुवा हुन सकेको थिए । बुधवार भएको सरुवामा  महानगरीय अपराध महाशाखामा हरेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा लगिएको छ । महाशाखामा दिनेश आमात्यलाई लगिएको छ ।

यस्तै यसअघी अञ्चल प्रहरी कार्यालय धौलागीरीमा कार्यरत छविलाल जोशीलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याईएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखमा एसएसपी ठुले राईलाई ल्याईएको छ ।

बाग्मती अञ्चल प्रमुखममा पुष्पचन्द्र रन्जित, अञ्चल प्रहरी कार्यालय नारायणीमा सुर्य उपाध्याय, अञ्चल प्रहरी कार्यालय लुम्बिनीमा दिपक थापा, कोशीमा उत्तम कुमार कार्की, मेचीमा पिताम्बर अधिकारी र अञ्चल प्रहरी कार्यालय सगरमाथामा बलराम शर्मा पौडेललाई पठाईएको छ ।