Banner News

कम्फर्टेवल सरकारले एमालेसँग सिगौँरी खेल्न आए सिङ्ग भाँचिनेछ: अध्यक्ष ओली



काठमाडौँ, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकारले एमालेसँग सिगौंरी खेल्न आए उसैको सिङ्ग भाचिने चेतावनी दिनुभएको छ ।

ललितपुरको च्यासलमा आज आयोजित एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका पुराना सबै नियुक्ति खारेज गर्ने तथा जनमूखी कदमलाई रोक्न खोजे तयसको एमालेले शसक्त प्रतिवाद गर्ने बताउनुभयो । सडक तथा सदनमा ससक्त र प्रभावकारी भुमिका खेल्ने उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा बनेको धरहरा, रानीपोखरी, सडक, पुल, विमानस्थल, सुरुङमार्गलगायतका जनमूखी कदमहरुलाई समेत उल्ट्याएर देखाउन शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चुनौति दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘भत्काइदेउ धरहरा, पुरिदेउ रानीपोखरी, टालिदेउ मेलम्ची, भत्काइदेउ सडक पुल र बिमानस्थलहरु ओली याद आउने सबैचिजहरु । अदालतको परमादेशबाट बन्दै गरेको सरकार । एक महिनासम्म गठन हुन नसकेकोले बन्दै गरेको सरकार । हिजो आफनो पार्टीको समस्याले सदन बिघटन गर्न पाइन्छ भन्नेहरुको पार्टीहरुको किचलो छरपष्ट भएको छ के अब आफनो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ ?’

सरकारको न्युनतम कार्यक्रम हामी बिरुद्ध गाली गलौजको पुलिन्दा भएको उल्लेख गर्दै अध्यक्ष ओलीले असंबैधानिक र अपवित्र नन्दिभृगी जालिझेलिहरुको गठबन्धन भएको दावी गर्नुभयो । भ्रष्टाचारीलाई कार्वाहि गर्ने देखावटी उद्घोष वर्तमान गठबन्धनको सरकारले गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले क्यान्टेनमेन्टको भ्रष्टाचार, बिगतको लुट निजि सम्पति कब्जा, ठेकेका कब्जा, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तष्करी काण्ड कहिले भए ? भनि प्रश्न समेत गर्नुभयो । उक्त काण्डहरुमा संलग्न गठबन्धनका नेताहरुलाई कार्बाही गर्न सक्नुहुन्छ ? भनि प्रश्न गर्दै अध्यक्ष ओलीले झुटो मुद्धा लगाएर विपक्षीलाई फसाउने षडयणत्र गर्ने प्लान हुनसक्ने आशंका समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाछ्यु खाय बाछ्यु खाय झुसे बारुलो । एमालेले तमाम देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिको साथ लिएर प्रतिकार गरिनेछ । सरकार हामीसंग वार्ता र सहकार्य गर्ने मानसिकतामा छ । भुमी हिन र सुकुमबासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो । पराना सबै नियुक्ति खारेज गर्ने । यसैको उदाहरण हो । हामी ससक्त प्रतिपक्षको भुमीका खेल्छौं । सडक र सदनमा ससक्त र प्रभावकारी भुमिका खेल्छौं । सिगौँरी खेल्न आए सिँग भाचिनेछ ।’

एमसीसी कांग्रेस माओवादीकै पालामा सम्झौता भएको उल्लेख गर्दै अध्यक्ष ओलीले एक सय ६५ किर्तिम मतले विश्वासको मत लिनेले नै पास गर्न चुनौति दिनुभयो । आफ्नो पालामा गल्ती गर्ने अनि एमालेलाई दोष दिएको प्रति आक्रोस जनाउँदै उहाँले पार्टीले दिएको सुझाव तथा विद्धिजिवीले दिएको सल्लाहलाई आत्मसात गरी एमाले अगाडी बढ्नेमा ढुक्क हुन सवैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘एम सी सी को बारेमा किन बोल्न नसकेको, तपाईंहरुकै पालामा संझौता गरेको होइन रु १ सय ६५ को किर्तिम मतले विश्वासको मत लिएकै छ त पास गर्नु नि किन हामीलाई दोष ? हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजिवि र बिज्ञहरुले दिएको सुझावहरुको आधारमा जनताको भावना अनुसार संसोधन सहित पास हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो ।’

कालापानी, लिपुलेक र लिमेपियाधुरा समस्या भनेर ल्याएको उल्लेख गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको नीति कार्यक्रममा राष्ट्रको उपलब्धी कमफरटेबल गठबन्धनलाई समस्या भएको बताउनुभयो ।