Banner News

महानिर्देशक गौतमको संरक्षणमा पोखरा विमानस्थलमा यस्तो चलखेल



काठमाडौं, १३ माघ । पोखरा विमानस्थलका कार्यकारी निर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माणका हरेक काममा मोटो कमिसनको मोह देखाएका कारण विमानस्थल कमिसन खाने योजनाका रुपमा परिचित हुन थालेको छ ।

निर्माणकार्य सुरुभएसँगै आयोजनालाई दुहुनो गाई सम्झदैँ आएका आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीका कारण आयोजना लागत दैनिक बढदै गएको छ । उनले सुरु गरेको कमाउ धन्दा कारण लागत बढने भएको हो ।

२१ अर्ब ४७ करोडको लागतमा निर्माण सम्पन्न हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूर्व विनियोजिीत रकममा नहुने भएको हो । अधिकारीले पीक्यू गर्दा मात्रै तीन करोट चट् पारेको चर्चा सेलाए पनि उनले मुआब्जा वितरणमा मोटो रकम हात परेको रहस्य एकपछि अर्को गर्दै खूल्न थालेको छ ।

मुआब्जा वितरणमा प्रदीपले चलखेल गरेकाले आफूहरु ठूलै अन्यायमा परेको भन्दै पिडीत कतिपय जग्गा धनीहरु अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग र प्राधिकरणको केन्द्रीय कार्यलयमा धाइरेहका छन् ।

कमिसनबाट बटुलेको रकमको बलमा उनले प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम मार्फत पर्यटनमन्त्री जीवन वहादुर शाहीलाई समेत प्रभावमा पार्न सफल भएको स्रोतले जानकारी गरायो । महानिर्देशक गौतमले प्रदीपका रहेक प्रकारका कालाकर्तुतहरुलाई ढाकछोप गर्दै आएका छन् । महानिर्देक गौतमको संरक्षणमा विमानस्थलमा खुल्लेआमरुपमा उनले कमिसनको खेललाई अघि बढाउँदै आएका छन् ।

आयोजनास्थल जाने प्रमुख बाटो पिच गर्दा उनले मोटै रकम लिएका छन् । प्रमुख राजमार्गबाट आयोजनास्थलसम्म जाने बाटो पिच गरिएको छ । झन्डै डेढ किलोमिटरमात्रै पिच गरिएको पक्की भनिएको सडकमा कमशल सामान प्रयोग गरेर ठेकेदारसँगको मिलेमतोमा काम सकिएको छ ।

यो बाटो सानो हुने भन्दै चिनियाँ ठेकेदारले चार लेनको बाटो बनाउने भनिरहँदा उनले कमिशनकै लागि तत्काल दुई लेनको बाटो निर्माण गरेर मोटै रकम हात पारेको स्रोतको दावी छ । यति मात्र हैन उनले आयोजनाका लागि आवश्यक नै नभएको गाडी समेत खरिद गरेका छन् । ८० लाख रुपैयाँमा खरिद गरेको गाडी प्रयोगमा आउनु भन्दा पनि कमिशन खानकै लागि खरिद गरिएको हो ।अहिले पनि १ करोड भन्दा बढीको नाला निर्माणको काम हुन लागेको छ । त्यसमा पनि उनले टेण्डर प्रक्रियामा नै सेटिङ मिलाएको चर्चा छ ।

नालाको टेण्डरको फर्म खरिद गर्नका लागि आयोजना स्थल पोखरा र आयोजनाको काठमाण्डौ कार्यलय कार्गो भबनमा तोकिएको छ । तर, सो टेण्डरको दत्र्ता भने कार्गो भवनबाट मात्रै गर्न पाउने नियम बनाइएको छ । यसो गर्नुमा आफूले चाँहेको ठेकेदारलाई काम सजिलैसंग दिने योजनाले काम गरेको वताइन्छ ।

आयोजना स्थलमा दत्र्ता गर्न नपाइने फर्म दत्र्ताका लागि काठमाण्डौ आउनु पर्ने खेलमा उनको कमिसनमोहले काम गरेको देखिन्छ । त्यसो त पहिले –पहिले यस्ता टेण्डरको फर्म दत्र्ता आयोजनास्थल पोखराबाट नै हुँदै आएको थियो । त्यति मात्रै होइन, प्रदीप आयोजना स्थलमा पछिल्लो समय पर्यटक गए जसो गरी जाने आउने गर्ने गरेका छन् ।

करिब सात महिना अघि महानिर्दैशक गौतमलाई प्रभावमा पारेर कार्गो भवनमा आयोजनाको कार्यलय खोलेका छन् । उनले पोखराविमानस्थलमा मात्रै होइन, यस अघि मुगुको विमानस्थल प्रमुख हुँदा समेत त्यहाँ भष्टाचार गन्हएका थिए ।

त्यहाँ उनले गरेको भ्रष्टाचारको उजुरीकै कारण उनी अहिले पनि अख्तियार दूरुप्रयोग धाइरहेका छन् । अीख्तयार उनी मात्रै होइन पर्यटनमन्त्री आफ्नो साथी भएको बताउने महानिर्देशक गौतम पनि बेला–बेलामा धाउन गर्छन । गौतम अकूत सम्पत्तिआर्जनमा तानिएका हुन् ।

प्रदीपले ११ औ तहको लिखित परीक्षामा नाम समेत निकालेका छन् । उनको ११ औ तहको लिखितमा नाम निस्कनुमा पनि महानिर्देक गौतमको ठूलै कृपा रहेको प्राधिकरणका कर्मचारीहरु माझ चर्चाको विषय बन्ने गरेको छ । जसको अन्तर्वार्ता भने यो महिनाको अन्तिम साता हुने भएको छ । महार्निदेक गौतमले उनलाई ११ औ तहमा पु–याउनकै लागि आन्तरिक रुपमा ठूलै चखलेल गरेको स्रोतले दाबी छ ।

प्रदीपले सीएनसी नामक चाइनिज कम्पनीसँग मोलमोलाई गरिरहेका छन् । उनले बालुवा, सिमेन्ट, गिटी, छडलगायतका सामानहरू सप्लाई गर्ने स्थानीय ठेकेदारहरूसँग पनि रकम उठाउन सुरु गरेका छन् । यो विषय संस्कृति, पर्यटन मन्त्री शाहीले थाहा पाएर पनि थाहा नभए जस्तो गरेर बसेका छन् । सम्भबत मन्त्री महानिर्देशकको साथी भएकै कारण प्रदीपले आयोजनामा मनोमानी गर्न छुट पाएका हुन भन्ने चर्चा छ ।