समाचार

आजको मौसम



काठमाडौँ, २९ साउन । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाका अनुसार देशभर सामान्यदेखि  पूर्ण बदली रही प्रदेश २, बागमती प्रदेश र गण्डकी  प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश , गण्डकी प्रदेश,  लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

 भारी वर्षाको सम्भावना रहेकोले  पहाडी भू- भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाले अनुरोधसमेत गरेको छ ।