समाचार

१० जना जुवाडे पक्राउ



भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिका–५ बाट १० जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भेलुखेलस्थित सुजित देउलाको ‘एनएस स्नुकर पुल हाउस’ मा जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पुल हाउस सञ्चालक देउला, भक्तपुर–७ बस्ने उत्तम देउला, सुनिल देउला, पूर्ण भगत र शंकर पौडेलसहित १० जना रहेका छन् ।
पक्राउ परेका उनीहरुका साथबाट १ लाख ८९ हजार नगद बरामद गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।