समाचार

बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, १२ जना घाइते



धादिङ, ३२ साउन । धादिङको बैरेनीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

गएराति बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलाङ गाउँपालिका-३ की २७ वर्षकी रेनुका कुलुङको बिहान राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् । घाइते १२ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा नै उपचार भइरहेको छ भने तीन जनाको गल्छीमा रहेको बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।