काठमाडौँ, ३२ साउन । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दार्चुलामा तुहिन तर्ने क्रममा भारतीय पक्षद्वारा तुहिन काट्दा नदीमा खसी वेपत्ता हुनुभएका जयसिंह धामीको प्रकरणमा सरकारले छानविनको लागि गठन गरेको आयोग कता हरायो भनि प्रश्न गर्नुभएको छ ।
सरकारले तत्तकाल जनताको पक्षमा गर्नुपर्ने कार्य तथा निर्णयहरुलाई गर्न नसकेको उल्लेख गर्दै आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले जयसिंह धामी वेपत्ता भएको १८ दिनसम्म पनि केही गर्न नसक्नु गैरजिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जयसिंह धामी हराएको १८ दिन भयो । १० दिन आयोग कहाँ बेपत्ता भयो ? जनताले खोजिरहेका छन् ।’
अफगानिस्तामा अलपत्र परेका १५ हजार नेपाली जनता फिर्ता ल्याउने कुरामा किन ढिला गरिरहेको भनि प्रश्न गर्दै सांसद बस्नेतले अनलाईन फम भरेर, कार्यदल बनाएर सरकार पन्छिन मिल्छ ? भनि गंभिर प्रश्न गर्नुभयो । केपी ओली नेतृत्वको सरकारले चाइनामा कोरोनाका समस्यामा परेका विद्यार्थी तथा अफगानिस्तानमा हत्या गरिएको १२ जना सव तथा २४ जनालाई सकुसल उद्धार गरिएको कुरालाई सिक्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अघिल्लो सरकारले चाइनाको बुहानबाट विद्यार्थीको उघार गर्ने होस् चाहे अफगानिस्तानमा हत्या भएका १२ जना र २४ जनालाई २४ घणभित्र उद्धार गर्ने कार्यबाट यो सरकारले सिक्न आवश्यक छ । अघिल्लो सरकारलाई जनताले वि मिस केपी ओली भनिरहेका छन् । वर्तमान सरकारले काम गरिरहेका राजदुतलाई हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्रमन्त्री बनाउन नसक्ने, सरकारको पक्षमा काम गर्न नसक्ने वर्तमान देउवाको सरकार जनताको नभई परमादेशको मात्र हो । के अब फेरि आन्दोलन गर्नुपर्ने हो ? फेरि केपी ओलीको सरकार ल्याउनु पर्ने हो ? यो नेपाली जनताको आवज छ, यसमा सरकारको ध्यान जाओस् ।’










प्रतिक्रिया दिनुहोस्