Banner News

एमालेले आयोगमा पठायो २६० केन्द्रीय सदस्यको सूची



काठमाडौँ, १ भदौ । नेकपा एमालेले केन्द्रीय कमिटीको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयले २६० सदस्यीय केन्द्रीय कमिटीको सूची आयोगमा पठाएको हो । नेकपाको एकता खारेज भएसँगै पुनर्स्थापित एमालेमा २६४ जना छन् ।

हाल आयोगमा भने एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीको विवरण मात्र छ । यस्तै समानुपातिक ८ सांसदलाई पनि कारबाही गर्ने तयारी छ ।