Banner News

थप ३०४२ जनामा कोरोना संक्रमण,२२४४ जना डिस्चार्ज



काठमाडौँ, ४ भदौ । थप ३ हजार ४२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४४ हजार ३ सय ९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ हजार २ सय ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ जना रहेको छ । आज २६  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ जना पुगेको छ ।