काठमाडौँ, ७ भदौ । भारतको मुम्बईमा रेलको ठक्करबाट गम्भीर घाइते भएकी नेपाली एक युवतीको उपचारको क्रममा निधन भएको छ ।
भारतीय पत्रिका दि इन्डियन एक्सप्रेसका अनुसार गत जुलाई २२ मा २२ वर्षीय कालु परियालाई सन्पदा रेलवे स्टेसनमा रेलले ठक्कर दिएको थियो । रेल पर्खदै गर्दा उनको मोवाइल रेलवे ट्रयाकमा खसेको र मोवाइल टिप्ने क्रममा रेलवे ठक्कर दिएको थियो ।
उनलाई उपचारको लागि सिओन अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीले भारतमा रहेको नेपाली समुदायलाई सम्पर्क गरी उनको नेपालको ठेगाना पत्ता लगाई उनको शव हस्तान्तरण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्