Banner News

थप १८०१ जनामा कोरोना संक्रमण, १९२४ जना डिस्चार्ज



काठमाडौँ, ७ भदौ । थप १ हजार ८ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ४८ हजार ९ सय ८१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ९ सय २४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ९७ जना रहेको छ । आज २४  जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ जना पुगेको छ ।