राजनीति

माधव समूह बसेको चन्द्रगिरि रिसोर्टलाई प्रशासनले सोध्यो स्पष्टीकरण



काठमाडौँ, ८ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ ।

निषेधाज्ञाको समयमा रिसोर्टमा भीडभाड बढेको भन्ने सूचना आएपछि आज जानकारी लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनले भने, ‘रिसोर्टमा भीडभाड भएको छ भन्ने गुनासो आयो । रिसोर्ट प्रशासनसँग सम्पर्क गरेर यथार्थ के हो भन्नेबारे जानकारी लिएका हौं, ‘स्वास्थ्य मापदण्ड पालना गरिएको र क्वारेन्टिनका लागि अनुमति लिएको जवाफ रिसोर्ट प्रशासनले दिएको छ ।’

रिसोर्टमा सोमबारदेखि नै नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु बसेका छन् ।