काठमाडौँ, ९ भदौ । एमालेबाट विभाजित नेकपा (एकिकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
उक्त पार्टीमा आज तत्कालिन एमालेका माधव समूहका ५५ जना केन्द्रीय सदस्य तथा २९ जना सांसदसहितको दस्तखत गराएपछि आयोगले उक्त पार्टीलाई बैधानिकता दिएको छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए ।











प्रतिक्रिया दिनुहोस्