राजनीति

मुख्यमन्त्री राईद्वारा राजीनामा



विराटनगर, १० भदौ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिएका छन् ।

उनको राजीनामा स्वीकृति भइसकेको बताइएको छ । अब नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी गरिएको छ ।

भीम आचार्य दलको नेता चयन भएका छन् । आजै बसेको नेकपा (एमाले) प्रदेश–१ संसदीय दलको बैठकमा उनलाई दलको नेता चयन गरिएको हो । २६ सांसदले आचार्यको पक्षमा हस्ताक्षर गरेका छन् ।