समाचार

भीम आचार्यका भाइ मृत भेटिए



सुनसरी, १० भदौ । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् ।

आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् ।

मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । प्रहरी स्रोतका अनुसार उनी मृत भेटिएको कोठाको भित्रबाटै चुक्कुल लगाइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।