काठमाडौँ, १० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दुस्ख व्यक्त गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’










प्रतिक्रिया दिनुहोस्