काठमाडौ,१३ वैशाख। नेकपा एमाले जिल्ला कमिटी काठमाडौंले काठमाडौं महानगरपालिकाको मेयरका लागि ५ र उपमेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ । महानगरको मेयरका लागि जिल्ला कमिटिका सचिव विद्यासुन्दर शाक्य, २०५४ सालको स्थानीय चुनावमा उपमेयर बनेका विदुर मैनाली, कल्पना रिजाल, जीवनराम श्रेष्ठ, बसन्त मानन्धरको ना सिफारिस भएको छ । यस्तै उपमेयरमा शान्ति अधिकारी, रत्ना गुरुङ, विद्या न्यौपाने, श्यामकृष्ण भण्डारी र इन्दिरा पन्तको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीले पठाएको नामको आधारमा प्रदेश कमिटीले अनुमोदन गरेपनि महानगरपालिकाको उम्मेदवारको अन्तिम निर्णय भने स्थायी कमिटीले गर्ने छ । यस्तै कीर्तिपुर नपाको प्रमुखमा रमेशमान महर्जन र उपप्रमुखमा सरस्वती खड्का तथा चन्द्रागिरि नपाको प्रमुखमा प्रह्लाद कार्की र उपप्रमुखमा लिसा नकर्मीलाई सर्वसम्मत सिफारिस गरिएको छ ।
त्यस्तै शङ्खरापुर नपाको प्रमुखमा सुर्वण श्रेष्ठ र शम्भुप्रसाद दुलाल तथा उपप्रमुखमा मुना अधिकारी, शुभलक्ष्मी श्रेष्ठ र लक्ष्मी केसी, कागेश्वरी नपाको प्रमुखमा मणिराज फुयाँल, रामशरण ढुङ्गाना र शारदा ढुङ्गेल तथा उपप्रमुखमा बिन्दु सिङ्खडा, शान्ता थापा र होमनाथ आचार्यलाई सिफारिस गरिएको छ ।
यसैगरी गोर्कणेश्वर नपाको प्रमुखमा पुण्यप्रसाद चौलागाई र गोपाल बराल तथा उपप्रमुखमा कल्पना राजचल, तारा पुडासैनी र शान्ति श्रेष्ठ, बूढानीलकण्ठ नपाको प्रमुखमा उदय खरेल र मीठाराम अधिकारी तथा उपप्रमुखमा विन्दा गौतम, रमा राई र देवी रेग्मी, टोखा नपाको प्रमुखमा नारायणभाई श्रेष्ठ र प्रकाश अधिकारी तथा उपप्रमुखमा ज्ञानमाया डङ्गोल, कविता घिमिरे र जमुना गिरीलाई सिफारिस गरिएको छ ।
यस्तै तारकेश्वर नपाको प्रमुखमा श्याम घिमिरे र रामेश्वर बोहरा तथा उपप्रमुखमा भानु डोटेल, सावित्री शर्मा र बत्तीस महर्जन, नागार्जुन नपाको प्रमुखमा प्रकाश श्रेष्ठ, कृष्णहरि खत्री र देवकी भट्टराई तथा उपप्रमुखमा सानुमैया खड्का, सुशिला अधिकारी र उमेश कार्कीलाई सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्