राजनीति

एमाले भरतपुर २को सम्पर्क कार्यालय उद्घाटन



अमिर रामदाम
भरतपुर, १३ बैशाख । स्थानिय तहको अधिकार संविधानमै सुनिश्चित भएकोले अब वडा आफैमा शक्तिशाली छ र विकास निर्माणका कामहरुमा वडाले वृहत भूमिका खेल्न सक्ने” नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्काले बताए । नेकपा एमाले भरतपुर महानगरपालिका २ को सम्पर्क कार्यालय उद्घाटन गर्दै उपाध्यक्ष खड्काले हामी एकआपसमा टुटफुट नभइ एकताको साङ्ग्लोमा बाढिनु पर्ने र सबैलाई एमालेमा गोलबन्द गराई सबै सूर्य ध्वजा वहाक उम्मेद्वारलाई विजयी गराउन लाग्नु पर्ने बताएका छन् । यदि हामीले वडाका पाँचै उम्मेद्वारहरुलाई विजयी गरायौ भने त्यो जित भनेको नै सिंगो एमालेको हुने उनले बताए ।
नेकपा एमाले चितवनकी सचिव पार्वती रावलले महिलाको हकअधिकार सुनिश्चित गराउनको निम्ती नै सूर्यमा मतदान गर्नुपर्ने बताएकी छिन् । उनले अब महिलाहरु चुला चौकामा मात्र सिमित नभइ समग्र देश विकासमा अघि बढ्नुपर्ने बताइन् ।
नेकपा एमाले चितवन जिल्ला कमिटिका सदस्य एवं भरतपुर वडा नं २ का अध्यक्षका प्रत्यासी पूर्ण बहादुर श्रेष्ठले आफ्नो उम्मेद्वारी किन र केका लागि भन्ने बारेमा प्रस्ट्याउनु भएको थियो । वडा विकासको प्याकेज सहित चुनावी सग्राममा होमिएका श्रेष्ठले मेरो जित हुनु नै समग्र पार्टीको जित भएको बताए ।
नेकपा एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्काले अध्यक्षका प्रत्यासी उम्मेद्वार पूर्ण बहादुर श्रेष्ठलाई सूर्य अंकित झण्डा हस्तान्तरण गर्दै निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले चितवनका सचिवालय सदस्यहरु कृष्णराज लब्ली, खोमकान्त रेग्मी, जिल्ला सदस्य नमूना शर्मा, पूर्व मेयर हिमबहादुर पिया, जिल्ला सल्लाहकार सरस्वती कतिला, जेष्ठ कम्यूनिष्ट मञ्चका सदस्यहरु हरि गोपाल शर्मा, तेजबहादुर रामदाम, नुरमहमद मियाको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं २ का उपाध्यक्ष पर्शुराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । नेकपा एमाले भरतपुर महानगरपालिका २ ले आजै उम्मेद्वार संगै सयौ मोटरसाइकल सहितको ¥यालीले वडा परिक्रमा समेत गरेको थियो ।