समाचार

बाबुछोरा मृत अबस्थामा फेला



काठमाडौँ, १२ भदौ । छिमेकीको घरमा शरण लिन हिँडेका बाबुछोरा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ पम्फापुरका ३८ वर्षीय बिनोद पासी र उनका १३ वर्षीय छोरा प्रदीप पासी आफ्नो घर जलमग्न भई छिमेकीको घरमा शरण लिन हिँडेका उनीहरु शनिवार खेतमा मृत फेला परेका हुन् ।

उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।