काठमाडौँ, १३ भदौ । सर्लाहीमा एक र गुल्मीमा एक गरी दुई जनाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ का ५० वर्षीय नागेश्वर मण्डलको आफ्नै घरमा ट्युबेल चलाउँदा मोटरको तार सर्ट भएर करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका–२ सैरेका १८ वर्षीय विक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज दिउँसो जंगलमा गाई चराउने क्रममा आफैंले ओढेको छाताले बिजुलीको तार छोइएर करेन्ट लागेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्