काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील सदस्यको नामावली बुझाएको छ ।
निर्वाचन समितिले पार्टीका तर्फबाट बुझाएका क्रियाशील सदस्यको सूची वेबसाइटमा प्रकाशित गरेको जनाएको छ । कांग्रेसले सुनसरी, बागलुङ र मकवानपुर जिल्लाको क्रिायाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएको हो ।
कांग्रेसका यसअघि ५३ जिल्लाको क्रियाशील सदस्यता सूची बुझाएको थियो । यससँगै विवाद समाधान भएका जिल्लाको संख्या ५६ पुगेको छ । कांग्रेसले अझै २१ जिल्लोका क्रियाशील विवाद समाधान गरिसकेको छैन ।










प्रतिक्रिया दिनुहोस्