समाचार

आजको मौसम



काठमाडौँ, १६ भदौ । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश नं १,बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरूमा वर्षा भएको छ ।

आज देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुन केही कमजोर भएकाले निरन्तरको झरी भने अबको केही दिन हुने छैन । तर, मनसुन भने ररिरहेको महाशाखाले जनाएको छ ।