काठमाडौँ, १६ भदौ । अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका, १४ कुलेश्वरबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगद ३० लाख ७ हजार रुपैयाँसहित मंगलबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका, ३ का ३४ वर्षीय मीनप्रसाद गौतम र रमेश तिमिल्सेना रहेका छन् । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको परह्रिले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्