काठमाडौँ, १७ भदौ । आज विहान देशभर सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार प्रदेश १ का धेरै र प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । देशभर भारी वर्षा नभए पनि सामान्य पानी पर्दा पनि यस अघिको झरीका कारण पहिरोको सम्भावना रहेकाले सतर्क हुन विभागले आग्रह छ ।










प्रतिक्रिया दिनुहोस्