राजनीति

भरतपुर अस्पतालमा अख्तियारको छापा



वीरगञ्ज, १७ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोलीले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि छापामारी गरेको हो ।

टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । अयोगको हेटौंडा स्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताए ।