गोरखा, १९ भदौ । गोरखाको भीमसेन थापा गाउँपालिकाका उप-प्रमुख विनु वाग्लेले नेपाली काँग्रेस पार्टी परित्याग गर्नुभएको छ ।
नेपाली काँग्रेसको तर्फबाट गत स्थानीय निर्वाचनमा गोरखा जिल्ला भीमसेन थापा गाउँपालिकाबाट उप-प्रमुख बन्नुभएको थियो । उहाँले लेख्नुभएको छ, ‘आजबाट नेपाली काँग्रेस परित्याग गरी स्वतन्त्र भएको घोषणा गरेको छु ।’
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन नजिकिदै गर्दा आज देशैभर वडा पार्टी स्तरीय अधिवेशन भएको थियो । जस अनुरूप गोरखाको भीमसेन थापा गाउँपालिका-१ मसेलमा पनि बिहीबार वडा स्तरीय अधिवेशन भएको हो । विभिन्न विवाद बीच भएको अधिवेशन समाप्त भएको केही समय बित्न नपाउँदै उप-प्रमुख वाग्लेले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गर्नुभएको हो । यद्यपि उनले पार्टी छाड्नुको कारण खुलाउनु भएको छैन ।










प्रतिक्रिया दिनुहोस्