Banner News

थप १०८९ जनामा कोरोना संक्रमण, १५३४ जना डिस्चार्ज



काठमाडौँ, २० भदौ । थप १ हजार ८९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६९ हजार २ सय ७१ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ४८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख २७ हजार १ सय ८५ जना रहेको छ । आज २० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या १० हजार ८ सय ३८ जना पुगेको छ ।