काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ ।
आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो । दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।
विज्ञप्ति:











प्रतिक्रिया दिनुहोस्