समाचार

गोरु काटेको आरोपमा तीन जना पक्राउ



स्याङ्जा, २१ भदौ । गोरु काटेको आरोपमा प्रहरीले स्याङ्जाबाट तीन जनालाई पक्राउ गरेको छ ।

सुराकीको आधारमा प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले भिरकोट नगरपालिका–८ ढापुकफेदीबाट ढापुकफेदी बस्ने नैन सिंह गुरुङ, हुम प्रसाद गुरुङ र खेम गुरुङलाई पक्राउ गरेको हो ।

गएराती १ बजेको गोरु काटेर भागबण्डा लगाउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुमाथि पशुपन्छी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।