काठमाडौँ, २१ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेता, कार्यकर्ताले एमसीसीको विरोध गर्दै अमेरिकी दूतावास अगाडि प्रर्दशन गरेका छन ।
आज दिउँसो महाराजगंजस्थित अमेरिकी दूतावासमा पुगेर एमसीसी राष्ट्रघाती सम्झौंता भएको उल्लेख गर्दै खारेज गर्न दवाव दिईरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रर्दशनकारीहरुले दूतावास अगाडिको सडकमा उभिएर ‘राष्ट्रघाती एमसीसी सम्झौंता तत्काल खारेज गर’ भन्नेलगायतका चर्का नाराबाजी गरेका थिए । अखिल (क्रान्तिकारी)ले एमसीसी पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्