Banner News

नेकपा एमालेले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, २२ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बुधबार बिहान ९ बजेका लागि बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन ।

उक्त बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।