राजनीति

एमसीसीविरुद्ध एयरपोर्ट अगाडि प्रदर्शन गर्ने पक्राउ



काठमाडौँ, २२ भदौ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध त्रिभुवन विमान स्थल अगाडि प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।